logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

दशैंपछि गुल्मी जिल्ला प्रशासनमा सेवाग्राहीको चाप


  • जन आकाश
  • बिहिबार, असोज २३ २०८२

काठमाडौं । काठमाडौं– दशैं मनाउन घर फर्किएकाहरूले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने भएका कारण जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवाग्रहीको चाप बढेको छ ।



अन्य समयमा सरदर नयाँ नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका सेवामा सरदर ५०÷६० जनाले सेवा लिने गर्दर्थे भने दशैंपछि यो संख्या दोब्बरले बढेको छ । दशैंपछि कार्यालय खुलेकै दिन देखि सेवाग्रही सेवा लिन आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

प्रशासन कार्यालयलमा सेवाग्राही बिहान सात बजेबाटै बेलुका अबेरसम्म नयाँ नागरिकता सँगै प्रतिलिपी, राहदानी, राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको चाप बढने गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही समयदेखि राष्ट्रिय परिचयपत्र र राहदानीमा टोकन सिस्टम प्रयोग गरेर सेवा प्रवाह भइरहेको छ ।

जसले कार्यालय र सेवाग्राहीलाई सहजता मिलेको छ । तर, नागरिकता वितरणमा भने टोकन प्रणाली छैन् । जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवासंगै समय समयमा आउने थप जिम्मेवारीलाई उच्च महत्वका साथ सम्पादन गर्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend