जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन् ।
देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मङ्सिरमा सकिँदैछ । मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा महामन्त्री थापाले राखेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
सभापतिज्यूलाई बाहिर राखेर वर्तमान कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्ने प्रस्ताव महामन्त्री गगनजीले बैठकमा एजेन्डाका रूपमा राख्नुभएको छ,’ ती पदाधिकारीले बताएका छन् ।
तोकेर नभने पनि थापाले कार्यवाहक तोकेर नियमित महाधिवेशनमा जाने प्रस्ताव गरेको ती पदाधिकारीले भने । थापाले अहिले पनि एजेन्डा राखिरहेका छन् कांग्रेसको पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ ।
जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो ।
त्यो चोटमा १२ टाँका लगाइएको थियो । उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएका नेताहरूले बताएका छन् बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा इतर समूहका नेता डा। शेखर कोइराला पनि सहभागी छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend