logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विद्यार्थीका हत्यारालाई कारबाही गरियोस् : रीमा विश्वकर्मा


  • जन आकाश
  • शुक्रबार, असोज २४ २०८२

काठमाडौं– अभिनेत्री रीमा विश्वकर्माले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै फेसबुकमा एक स्टाटस लेखेकी छिन् ।



रीमाले जेनजी आन्दोलनमा मृत्यु भएका विद्यार्थीको अत्यारालाई कारबाहीको माग गरेकी हुन् । उनले उक्त पोस्टमा भ्रष्टाचारको भण्डाफोर गर्न पनि आग्रह गरेकी छिन् ।

रीमाले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, देश निर्माण मिलेर गरौंला, पहिला ती अबोध विद्यार्थीका हत्यारालाई कारबाही गरियोस् र भ्रष्टाचारको भण्डाफोर गरियोस् । तपाईं हुनुहुन्छ र त न्यायको झिनो आश अझै बाँकी छ ।’ उनको यो भनाइमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आ–आफ्नो धारणा राखेका छन् । प्रायःले अहिलेको सरकारबाट पनि केही नहुने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री कार्कीप्रति ठूलो अपेक्षा राखेकी रीमाले केही दिनअघि पनि एक पोस्ट लेख्दै प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने धारणा व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘उहाँ सबैको विश्वास जितेर चुनिनुभएको हो । ५ महिनापछि हामीलाई चाहिएको नयाँ नेतृत्व हामी आफैं चुनाव मार्फत चुनौँला । अहिलेका लागि उहाँलाई काम गर्ने वातावरण बनाइदिऔँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend