logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

हतियार लुट्ने, हिरासतबाट भागेका दुई जना सहित आठ जना पक्राउ


  • जन आकाश
  • आइतबार, असोज २६ २०८२

विराटनगर– झापामा जेनजी आन्दोलनका बेला प्रहरीको हतियार लुट्ने र हिरासतबाट भागेका दुई जना सहित आठ जना लागु औषधसहित पक्राउ परेका छन् ।



लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार साझ दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ हट नं. ३५३ मा छापा मारेको प्रहरीले इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने र इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट भागेका थुनुवासहित आठ जनालाई सात ग्राम आड सय मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

घरधनी दमक–३ वेलडाँगी भुटानी शरणार्थी शिविरका साजन थापा, इलाम चुलाचुली–३ का दिपेश तामाङ र सनम राई, दमक–३ का आदित्य लिम्बू, पविन विश्वकर्मा र सुचन दर्जी, वेलडाँगी भुटानी शिविरका बिजय माझी र मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू ‘जेनजी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट फरार रहेका व्यक्ति हुन्। त्यसबेला उनी लागूऔषध मुद्दाको अनुसन्धानका लागि हिरासतमा थिए ।

घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

बरामद लागुऔषध र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend