जन आकाश
काठमाडौं । मधेशमा लोकसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन् ।
मङ्गलबार सतिश कुमार सिंहले पदबाट राजिनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।
हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीचको छलफलमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेताहरुले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend