logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

ओलीलाई युवा सङ्घद्वारा मोटरसाइकल स्कर्टिङ ललितपुर प्रहरीले र्‍याली नगर्न आग्रह


  • जन आकाश
  • बुधबार, असोज २९ २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएको छ  जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल)मा केन्द्रीय समितिकै बैठक बस्दै छ



गुण्डुबाट मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले र्‍याली नगर्न आग्रह गरेको छ । जुलुस र र्‍याली नगर्न यसअघि नै जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘जुलुस नगर्नु भनेर यसअघि नै जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ ।’ जावलाखेल स्थित भनिमण्डलमा रहेको पार्टी प्यालेसमा बुधवार मध्यान्ह बैठक बस्ने भनिएको छ । केन्द्रीय समिति बैठक हुने स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend