logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

निर्वाचनको तयारीमा कांग्रेस


  • जन आकाश
  • बुधबार, असोज २९ २०८२

काठमाडौं– नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।



सभामुखसँगको छलफलपछि बुधवार उनले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताएका हुन् ।

लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने उनले बताए । । सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने बताए ।

‘लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौं । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं’ उनले भने, ‘हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’
उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।

घिमिरेले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गरे । ‘वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ । दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ,’ उनले भने ।

उनले केन्द्रीय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend