logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भिभो–भि६० लाइट सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, असोज ३१ २०८२

काठमाडौं । चिनियाँ मोबाइल ब्राण्ड भिभोले भि सिरिज अन्तर्गत भिभो–भि६० लाइट सार्वजनिक गरेको छ। भिभो नेपालका अनुसार विशेषगरी यात्रीहरूको यात्रालाई लक्षित गरिएको यो फोनमा पोट्र्रेट फोटोग्राफी, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनलाई मुख्य प्राथमिकता दिइएको छ।



प्रिमियम डिजाइन शैली अपनाइएको यो फोन करिब ७।५९ एमएम मोटाइ छ। पातलो भएकाले ग्राहकलले डिभाइसलाई सजिलै खल्ती वा ट्राभल ब्यागमा राख्न सक्नेछन्। यसमा मिडियाटेक डायमण्डसिटी ७३६० वा स्नापड्रागन ६८५ प्रोसेसर रहने अनुमान छ, जसले गेमिङदेखि दैनिकी प्रयोगसम्म स्मुथ अनुभव दिनेछ।

फोनमा ६५०० एमएएच ब्लु वल्ट ब्याट्रीे जडान गरिनुका साथै ९० वाट फ्ल्यास चार्ज सुविधा दिइएको छ। जसले लामो यात्रा गर्दा होस् वा निरन्तर फोन प्रयोग गर्दा छिटै चार्ज सकिने चिन्ता हुँदैन। ग्राहकले यो फोन फोजी र फाइभजी गरी दुई भेरियन्टमा किन्न पाउनेछन्। फोनको मूल्य क्रमशः ३९ हजार ९ सय ९९ र ४८ हजार ९ सय ९९ रूपैयाँ रहेको छ।

यो स्मार्टफोन नेपालभरका भिभो अधिकृत रिटेल स्टोर तथा दराज अनलाइन प्लेटफर्म मार्फत खरिद गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend