logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै


  • जन आकाश
  • शुक्रबार, असोज ३१ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।



बैठकमा नेपालस्थित सबै (२६)कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको बताइएको छ ।
बैठकमा नेपालको समसामयिक अवस्थाका र २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा ब्रिफिङ हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend