logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मेरो सम्पत्ति पत्रकार महासंघले नै छानबिन गरे पनि हुन्छ, ओली


  • जन आकाश
  • आइतबार, कार्तिक २ २०८२

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुन,माग गरेका छन्। पत्रकार सम्मेलनमार्फत् ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटकपटक आह्वान गरेको भन्दै पत्रकार महासंघले गरे पनि हुने बताएका हुन्।



‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन। छानबिन गर्नुस् भनेको भन्यै छु। अरुको नसके मेरो मात्रै गरे पनि हुन्छ,’ ओलीले भने, ‘पत्रकार महासंघले गरे पनि हुन्छ, सम्पादक मण्डलले मेरो सम्पत्तिको छानबिन गरे हुन्छ।’

मेरो घरको डढेको खरानीको कणकण तपाईंहरूले हिसाव गर्नुपर्ने हुन्छ। सरकारले खाता रोक्का गर्न गरेको निर्णयप्रति लक्षित गर्दै उनले भने, ‘खाता रोक्का गर्ने भनेको पनि सुन्छु। मैले सांसद् र प्रधानमन्त्रीका हैसियतले पाएको अहिलेसम्मको जम्मा गरेर २०, २५ लाख रुपैयाँ खातामा होला, त्यो त एकछिनमा हिसाव गरे थाहा हुन्छ।

बैंकले हिसाव दिइहाल्छ। विश्वभरीका सरकारलाई सूचना जारी गरेर ओलीको सम्पत्ति पठाइदेउ भने भो, होला नि उपायहहरू त।’ उनले आफू आक्रोश र आवेगमा भन्दा सत्य स्थापना होस् भनेर भनिरहेको बताए। ‘मैले पनि माग गरेको छु, केन्द्रीय कमिटीको बैठकले पनि सम्पत्ति छानबिनको माग गरेको छ,’ उनले थपे, ‘म त भन्छु बिचौलिया, ब्ल्याकमेलरको पनि गरौं। अरुको पनि गरौं, सबैको गरौं।

देश मेरो मात्र होइन, सदाचार नै चाहिएको हो भने शंका लागेका सबैको गरे भो नि।’ यो जेन्जी सरकारले चुनाब गर्न सक्दैन बाकी ४ महिना छ,। यो समयमा चुनाब गर्न सक्दैन उनले बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend