logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राष्ट्रिय जेनजी पार्टी नामक दल दर्ता गर्न आयोगमा निवेदन


  • जन आकाश
  • सोमबार, कार्तिक ३ २०८२

काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन परेको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन आएको र दर्ता नम्बर ५३९ रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।



उनका अनुसार निवेदनमा क्रस खुकुरी निर्वाचन चिह्न माग गरिएको छ । तर उक्त निर्वाचन चिह्न परिवर्तन गर्न सुझाव दिएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।

त्यस्तै जेनजी पार्टीको उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य तथा सचिवहरू सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको जनाइएको छ ।

सोती बुटवलबाट जेनजी आन्दोलनमा भूमिका निभाएका युवा अभियन्ता भएको बताइएको छ । उक्त पार्टीको प्रारम्भिक केन्द्रीय कमिटी २१ जनाको रहने बताइए पनि सदस्यहरूको नाम खुलाइएको छैन । उक्त पार्टीको कार्यालय ठेगाना अनामनगर उल्लेख छ ।

त्यस्तै आयोगमा आइतबार नेपाल लिबरल नामको पार्टी दर्ताका लागि पनि निवेदन परेको आयोगका प्रवक्ता भट्टराईले जनाए उनका अनुसार उक्त पार्टीको चुनाव चिह्न सिक्का माग गरिएको छ । दुवै निवेदन आयोगले दर्ता गरे पनि थप निर्णय गरिसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend