जन आकाश
प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार जेनजी आन्दोलनका घाइतेहरुसँग छलफल गर्नुहुँदै । उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपालगायत दलका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो। तस्बिरः रत्न श्रेष्ठ/रासस
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। प्रधानमन्त्री कार्कीले बुधबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्न लागेको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए।
‘निर्वाचनको वातावरण बनाउने पहलस्वरूप प्रधानमन्त्री सुशीला कार्कीले छलफल आह्वान गर्नुभएको हो,’ रावलले जानकारी दिए। सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ। प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलसँग छुट्टै छलफल गरेकी थिइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend