logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमपातमा फसेका १५ सय जनाको सेनाले गर्‍यो उद्धार


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले बताएको छ ।



मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend