जन आकाश
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । बैठक सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरू भएको हो।
बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेताहरू उपस्थित छन्। प्रारम्भिक सत्रमा अध्यक्ष नेपालले उद्घाटन मन्तव्य दिएका छन्।
बैठकमा हालै सम्पन्न विभिन्न पार्टी संगठनहरूका समीक्षा, आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण, र पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका तयारीबारे विस्तृत छलफल हुने जनाइएको छ।
त्यस्तै, स्थानीय तह, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, सरकारमा सहभागिता, र वर्तमान राजनीतिक परिस्थिति प्रति पार्टीको धारणा तयार पार्ने एजेन्डा समेत बैठकमा समावेश गरिएको छ। बैठक केही दिनसम्म चल्ने र अन्त्यमा पार्टीले औपचारिक निष्कर्षसहित विज्ञप्ति जारी गर्ने तयारी गरेको समाजवादी स्रोतले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend