logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शंकर काफ्लेका सुसेली:


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८२

सुसेलीः



जेन्जी क्रान्तिले,
सरकार ढाल्यो र,
ल्यायो मतले

प्रम सुसिला,
कार्यकारी सर्कार,
मेरा मतमा

रामचन्द्रले,
लाए जुक्ति काइते ,
दल-सुदने

मिलाएर नै,
सर्कार बनेको रे,
हो त यस्तो नै

होइन भन्छन् ,
दल र जेन्जी पनि ,
प्रम छक्किइन्

मात्र चुनाव ,
उनको काम अरु,
अर्कैको नाम

जसले मत,
दिए प्रम बनाए,
उनका माग

संब‍ोधन खै ?,
त्यता छैनन् पाइला,
समाधान खै ?

कार्यकारी झैं,
सर्व पक्षीय, सर्व,
दलीय सबै

डाकिय‍ोस् भेला,
राजसंस्था सहित,
निषेध बिना

अग्रसरता,
प्रमको होस् निकालौ,
ठहर भला

विकृति तोडौं,
जेन्जी क्रान्तिकोस्थान,
निस्चय गरौं

राष्ट्र चुस्ने ज‍ो,
जुका छन् तिनलाई,
नून लगाओ

आफ्नो शक्तिको,
आओस् ज्ञान प्रममा,
हुनु जोसिलो

उदाइन् देवी,
हुन्छ है रक्तबीज,
नियन्त्रण नि

प्रम सुशीला ,
हो निर्वाचन क्षेत्र,
देशै भरिका

जेन्जी नातिनी,
नाति आशा राख्दैछन्
भ्रष्टाचार नि

उखेली दिने,
सुशासन कायम,
गरेरै छाड्ने

बिगारिएका,
अदालत्,अख्तियार ,
संविधानका

अंगहरू नि,
निजामती साशन,
प्रहरी पनि

पार्नुछ स्वस्थ ,
कार्यकारी प्रमले,
राष्ट्र बचाउन्

संपदा नष्ट,
भए,पचहत्तर ,
गए है स्वर्ग

नरसंहार,
आसन्न देख्छु म ता,
छ विकराल

पशुपतिले,
घुमाउन् त्रिशूल त,
बढो जोडले

होस् रक्षा हाम्रो,
राज्य राष्ट्र देशको ,
संस्कृति राम्रो

प्रार्थना गरौं ,
पुगोस् बुद्धि विवेक
मिलिजुली हौंं

जय जनता,
जय राष्ट्र नेपाल
मेरो सलाम

शंकर काफ्ले
भमरकोट, काभ्रे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend