logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सनाखतपछि निर्वाचन आयोगले दियो हर्क साम्पाङको पार्टीलाई दर्ता प्रमाणपत्र


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पार्टीलाई निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सनाखत लागयतका काम सम्पन्न भएपछि आयोगले आजै दर्ताको प्रमाणपत्र दिएको छ ।



साम्पाङले असोज ६ गते श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।साम्पाङले २८ सदस्यीय केन्द्रीय समिति रहने गरी नयाँ दल खोलेका हुन्।उक्त पार्टीले माटोको ढिस्को निर्वाचन चिन्ह पाएका छन्।

‘मागेको कागजात सबै बुझाउनुभयो। सबैको सनाखत गरेपछि आयोगबाट दलको मान्यता दिने निर्णय भयो,ु भट्टराईले भने, ‘उहाँले आजै दर्ताको प्रमाणपत्र लैजानुभयो।’

दल दर्ताका लागि पाँच सय जनाको सनाखत गर्नुपर्ने व्यवस्था छ। उनको पार्टीको सदस्यहरुको सनाखतको काम बाँकी थियो।
सबैको सनाखत भएपछि आइतबार आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend