logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकमले मकवानपुर जिल्लाको चित्लाङमा एनटी फाइबर (FTTH) सेवाको विस्तार


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८२

काठमाडौं । नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (FTTH) सेवाको विस्तार गरेको छ । थाहा नगरपालिका ९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा २०८२ कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवातद भएको हो ।



ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ । हाल Radio Backhaul बाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै Fiber Backhaul बाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend