logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

विप्लवनिवास पुगे जनार्दन र घनश्याम


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८२

काठमाडौं । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न पुगेका छन् ।



नेताद्वय शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धीमा रहेको विप्लव निवासमा पुगेका हुन् । नेतात्रयबीच अहिले छलफल जारी छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरण गर्ने चर्चाका बीच उनीहरू छलफलमा जुटेका हुन् ।

पार्टी विभाजन अघि नै शर्मा, राम कार्की र भूसालले विप्लव लगायतका नेताहरूसँग नयाँ ध्रुवीकरणका लागि अनौपचारिक कुराकानी गरिरहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend