logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुनको भाउ नाघ्यो साढे २ लाख


  • जन आकाश
  • बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।



अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ । त्यस्तै नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend