logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


  • जन आकाश
  • शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन कार्यसम्पादन समिति बोलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।



दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक रहेको जानकारी आएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । बैठकको एजेण्डा महाधिवेशनका सन्दर्भमा रहेको विवाद समाधानका उपाय खोज्ने रहेको पनि उनले बताइन् ।

पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

त्यसै दिन उनको कार्यतलिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend