जन आकाश
काठमाडौ । आज दिउँसो १ बजे नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ । यिनै सन्दर्भमा बैठकमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मङ्सिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।
पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । यिनै विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend