जन आकाश
काठमाडौं– शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एन आई सी एशिया सेयर लोन’ को आकर्षक कर्जा योजना एन आई सी एशिया बैंकले सार्वजनिक गरेको छ ।
ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना बिहीबार सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम रू. २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम रू. ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
बैंकले यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend