जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालमा वित्तिय क्षेत्रमा असल अग्रणी भूमिका निर्वाह गर्न सफल गरिमा विकास बैंकले आफ्नो उन्नाईसौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । प्रचलित कानूनी प्रक्रिया पुरा गरी वित्तिय क्षेत्रको कार्य गर्न नेपालको मध्यपश्चिम क्षेत्रको सुन्दर कालीगण्डकीको फाँटको नजिक स्याङजाको वालिङमा कार्यालय स्थापना गरी कास्की, पाल्पा र स्याङजा तीनवटा जिल्लामा “ख” बर्गको वित्तिय संस्थाको रुपमा मान्यता प्राप्त गरेको गरिमा विकास बैकले सेवा कार्यआराम्भको छोटो समयमा चुस्त व्यवस्थापनको लोपलाग्दो कार्यले लगानीकर्ता सेवाग्रहीको विश्वास जित्न सफल भएको थियो । २०६४ सालमा स्थापना भएको बैकले २०६८ साल अर्थात ४ वर्षकै समयमा थप ७ वटा जिल्लामा शाखा विस्तार गर्न सफल भई १० वटा जिल्लामा सेवा विस्तारको अनुमति समेत प्राप्त गरेर उच्च मनोवलका साथ थप उदेश्यहरु प्राप्त गर्न लम्किरहेको बैकको परिचय बनाउन सफल देखिन्छ ।
नेपालमा वित्तिय क्षेत्रहरु फराकिलो होस् र ठुला ठुला आयोजनाहरु नेपालकै लगानीकर्ताहरुले बनाउन सकुन भन्ने उदेद्दयका साथ नेपाल सरकारको नीति अनुसार नै गरिमा विकास बैकले मितिः २०७२ सालमा बागलुङको वेनीमा रहेको निलगिरी विकास बैकलाई गाभेर राष्ट्रिय स्तरको पुजी भएको बैकको रुपमा स्थापित गरेको छ । निरन्तर रुपमा स्थापना भएदेखिनै गरिमा विकास बैकले चुस्त व्यवस्थापन लगागीकर्ताहरु बीचमा विश्वास बढाउदै २०७३ सालमा चितवनमा रहेको सुभेच्छा विकास बैकलाई गाभेर स्याङजामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको केन्द्रीय कार्यालय कास्कीको सुन्दर नगरी पोखराको महेन्द्रपुलवाट अन्य शाखा कार्यलयहरु मनिटरिङ गर्दै देशको अर्थतन्त्रलाई फराकिलो बनाउन भूमिका निर्वाह गरेको देखिन्छ ।
गरिमाको गरिमा साच्चैको गरिमा
गरिमा आफैमा नाम गरिमा भएजस्तै गरी काम पनि त्यतिकै रुपमा गरेर गरिमा बढाएको गरिमा विकास बैकले आफ्नो यात्रालाई नेपालको राजधानी काठमाडौमा ठुला लगानीका बाणिज्य बैकहरुका केन्द्रीय कार्यालयहरु रहेको माहासागरमा गरिमा विकास बैंकलाई पनि २०७३ चैत्र २७ गतेवाट केन्द्रीय कार्यलय लाजिम्पाटमा सञ्चालन गरी असल वित्तिय क्षेत्रको लागि प्रतिस्पर्धामा उत्रेको थियो ।
यो ९ वर्षको अन्तरालमा बैकले १९ औं वार्षिकोत्सव मनाईरहदा १०६ वटा कार्यालयहरुवाट बैकिङ सेवा दिईरहेको छ । ७ वटै प्रदेशमा कार्यालयहरु विस्तार भईसकेका छन् । ३४ जिल्लामा विस्तार भएको बैकको ८ शाखा कार्यालयहरुवाट सेवा सञ्चालन गरिहेको देखिन्छ । १ एक्टेन्शन काउण्टर पनि बैकको सञ्चालनमा रहेको देखिन्छ । गाउदेखि शहर सम्मा हिमालदेखि तराई सम्म मेचीदेखि महाकाली सम्म भन्ने मुल भावनालाई विस्तार गर्दै थप देशको असल विश्वासयोग्य बैकको रुपमा विकास गर्ने उदेश्यका साथ गरिमा विकास रहेको बैकले जारी गरेको उदेश्यहरुमा उल्लेख छ ।
बैकले सामाजिक उत्तरदाईत्व समेत गर्दै आएको छ । काठमाडौको लाजिम्पाटमा केन्द्रीय कार्यलय स्थापना भएपछि वार्षिकोत्सवको अवसरमा सडक सरसफाई गर्ने देखि लिएर रक्तदान, दौड प्रतियोगिता, प्रतियोगिहरुलाई पुस्कार कोभिडको वेला माक्स वितरण जस्ता सामाजिक काम गर्दै आएको देखिन्छ ।
सर्लाहीमा रहेको साहारा विकास बैकलाई गाभेपछि ३ अर्ब चौरनब्बे करोड एकासी लाँख त्रियासी हजार एक सय पाच रहशेको गरिमाको सार्वजनिक स्टेटमेन्टमा देखिन्छ ।
१९ औ साधारणसभामा झण्डै ६ अर्बको गरिमा विकास बैक
मितिः २०८२ साल मंसिर ७ गते जारी गरेको को १९ औ साधरणसभामा प्रस्तुत भएको प्रतिवेदन अनुसार ५,६८,१७,३२७ अक्षरुपी पाँच अर्ब अठ्सठ्ठी करोड ५ लाँख सत्र हजार तीनसय सत्ताइस चुक्ता पुजी रहेको उल्लेख छ । गरिमा विकास बैकलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा माधव प्रसाद उपाध्ययले हाकिरहेका छन् । गरिमा विकासको विशाल विस्तार भएको १९ र्औ वर्षमा आईपुग्दा यस बैकको संस्थापक अध्यक्ष जलेश्वर पाण्डे हुन् । उनै जलेश्वर पाण्डेको नेतृत्वमा स्थापना भएको गरिमा विकास बैकमा आजपनि बैकवाट छिर्ने वित्तिक्कै नेपाली मौलिक संस्कृतिको संस्कारयुक्त नमस्कारको सत्कार सेवाग्रहीले प्राप्त गर्ने गरेका छन् । बैकिङ सेवा सुविधाको परामर्श गराई ग्रहक बर्गलाई सन्तुष्ट पार्दै बैकले गरेको प्रगतिमा प्रगतिका थुम्काहरु थपिदै गएका देखिन्छन् ।
गरिमाको यो यात्रा सफलताको उच्च शिखरमा पुगेर नेपालको अग्रणी बाणिज्य बैकको रुपमा विकास हुन सकोस् । शुभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend