जन आकाश
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंसिर नौ गते वीरेन्द्रनगरमा जागरण सभा गर्ने तयारी गरेको छ । नेकपा एमाले सुर्खेतको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दे युवा संघ प्रदेश इन्चार्ज पञ्चमी रेग्मीले सो जानकारी दिएकी हुन ।
‘हामीले अहिले आगामी मंसिर नौ गते वीरेन्द्रनगरमा युवा जागरण सभा आयोजना गर्ने निर्णय गरेका छौँ । उक्त सभामा कर्णालीका कम्तिमा पनि दुई हजार युवाको सहभागिता रहनेछ ।’ रेग्मीले भनिन, ‘यो प्रर्दशन कोही लक्षित छैन । नेताहरु को बोलाउने भन्ने बारेमा हामी केहि दिनमा नै जानकारी दिनेछौँ ।’
युवा संघका अध्यक्ष जीवन शाहीले आफूहरुको प्रर्दशन कुनैपनि समूह लक्षित नभएको बताए । हामी कोहीसँग मुठभेड गर्दैनौँ । कसैसँग झगडा गर्न हामी यो कार्यक्रम आयोजना गर्न लागेका होईनौँ ।’ अध्यक्ष शाहीले भने, ‘लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कार्यक्रम आयोजना गर्न पाईन्छ, सोही अनुसार हामी कार्यक्रम गर्न गइरहेका छौँ ।’
पत्रकार सम्मेलनमा एमाले कर्णाली प्रदेश कमिटि सदस्य तथा यूर्वा फाँच इन्चार्ज मानव बमले उक्त दिन युवा स्वयंसेवक बल गठन गर्न सक्ने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend