logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एमाले महाधिवेशन उद्घाटन सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डपमा


  • जन आकाश
  • बुधबार, मंसिर १० २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुने तय भएको छ ।



मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

नेता गौतमका अनुसार काठमाडौँको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन सत्र भक्तपुरमा गर्ने निर्णय भएको हो ।

महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ । महासचिव शंकर पोखरेल संयोजक रहेको एमाले महाधिवेशन सचिवालय समितिको बुधबार बसेको बैठकले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गर्ने तय गरेको हो ।

बैठकले पार्टीको महाधिवेशनको मुख्य नारा पनि तय गरेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend