logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्याकार ट्रेडिङले गर्याे ‘होन्डा अल न्यू सिआर–भी’ सार्वजनिक


  • जन आकाश
  • बुधबार, मंसिर १० २०८२

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा अल न्यू सिआर–भी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।



ग्राहकको बढ्दो मागलाई ध्यानमा राखेर ल्याइएकाले कम्पनीले यसलाई आफ्नो महत्वपूर्ण मोडलका रूपमा प्रस्तुत गरेको छ।नयाँ सिआर–भी अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सको संयोजनमा आधारित छ।

यसमा १.५ लिटर पेट्रोल टर्बो इन्जिन, वेलकम सिट, फुल एलइडी लाइट, पानोरामिक सनरुफ, र स्वास्थ्य सुरक्षा लक्षित प्लाज्मा क्लस्टर प्रविधि जोडिएको छ।

सुरक्षा पक्षमा १० एयरब्याक र अडास लेभल–२ को समावेशले यात्रालाई थप भरपर्दो बनाएको कम्पनीले बताएको छ। २१० एमएम ग्राउन्ड क्लिअरेन्सका साथ यो मोडल कच्ची सडकका लागि पनि व्यवहारिक मानिन्छ।

यात्राको सहजताका लागि १०.२ इन्च टिएफटी टच डिस्प्ले, ड्राइभर मेमोरी सिट, र उत्कृष्ट साउन्ड अनुभव प्रदान गर्ने १२ बोस प्रिमियम स्पिकर जडान गरिएको छ।

यसका साथै, ७ सिटर क्षमताले ठूलो परिवारका लागि उपयुक्त विकल्प बनाएको छ। कम्पनीका अनुसार, विश्वस्तरीय सुविधा र प्रविधियुक्त गाडी भित्र्याउने आफ्नो प्रतिबद्धताअनुसार सिआर–भी नेपाली एसयूभी बजारमा लक्जरी र पर्फर्मेन्सको नयाँ मापदण्ड बन्नेछ।

यो मोडल कालो, सेतो, निलो र सिल्भर चार रङमा उपलब्ध हुनेछ। गाडीको टेस्ट राइड लिन इच्छुकले ललितपुर–धोबिघाटस्थित होन्डाको आधिकारिक सोरुममा सम्पर्क गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend