logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमा HUAWEI sf Watch GT 6 Series सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । Huawei ले नेपालमा आफ्नो नयाँ Huawei Watch GT 6 Series  औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसअन्तर्गत Huawei Watch GT 6 र Huawei Watch GT 6 Pro मोडेलहरू समावेश छन्।



टिकाउपन, डिस्प्ले स्पष्टता र लामो ब्याट्री प्रदर्शनमा केन्द्रित यस श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा महत्वपूर्ण सुधार र नयाँ मानकहरू स्थापित गरेको छ। Huawei Watch GT 6 46mm र 41mm दुवै साइजमा उपलब्ध छ। यसमा 3,000 nits सम्मको ब्राइटनेससहितको AMOLED डिस्प्ले र परिष्कृत स्टेनलेस-स्टील डिजाइन छ। मोडेलअनुसार १४ देखि २१ दिनसम्म चल्ने लामो ब्याट्री लाइफ यस लाइनअपको प्रमुख आकर्षण हो।

Huawei Watch GT 6 को मूल्य छानिएको भेरियण्टअनुसार रु. ३४,४९० देखि रु. ३९,४९० सम्म पर्छ। यस्तै प्रिमियम बिल्डसहितको Huawei Watch GT 6 Pro ५४,४९० देखि रु.७४,४९० को मूल्यमा उपलब्ध छ। एचय भेरियण्ट किन्दा रु. ५,४९० मूल्यको Huawei Buds SE2 उपहार रूपमा प्राप्त हुन्छ।

दुवै मोडेलमा १०० भन्दा बढी वर्कआउट मोडहरू,Multi-GNSS Positioning, र Android तथा iOS सँग अनुकूल Huawei Health App मार्फत सहज कनेक्टिभिटी जस्ता सुविधाहरू समावेश छन्। Huawei Watch GT 6 Series अधिकृत पुनर्विक्रेता Efix Nepal, Daraz, तथा देशभरका खुद्रा स्टोरमार्फत उपलब्ध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend