logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नबिल बैंक र एनआइबी–जिए बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यम (|एसएमई) लाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन रणनीतिक साझेदारी भएको छ।



सम्झौतामा नबिल बैंकका सिइओ मनोजकुमार ज्ञवाली र एनआइबी–जिए कार्यक्रम प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका हुन्। फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) मार्फत एनआइबी–जिएले बैंकले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ४० एसएमईलाई ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउन्ड) अनुदान उपलब्ध गराउनेछ।

सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यातमुखी उद्यमका रूपमा उन्मुख गराउने अपेक्षा गरिएको छ। नबिल बैंकका सिइओ ज्ञवालीले परियोजनाले एसएमई उद्यमीको मनोबल बढाउने उल्लेख गर्दै बैंकले साझेदार संस्थामार्फत एसएमई कर्जा तथा च्यानल फाइनान्सिङ सुविधा उपलब्ध गराउने बताए।

एनआइबी–जिएका प्रमुख बस्न्यातले अनुदान व्यवस्थापनमा पारदर्शिता सुनिश्चित गर्न नबिल बैंकसँगको सहकार्य महत्वपूर्ण भएको बताए। साझेदारीअनुसार नबिल बैंक कार्यक्रमको वित्तीय साझेदारका रूपमा अनुदान वितरण र सम्पूर्ण वित्तीय व्यवस्थापन गर्नेछ।

एनआइबी–जिए पाँच वर्षे परियोजना हो, जसलाई यूके इन्टरनेशनल डेभलप्मेन्टले वित्तीय सहयोग प्रदान गरेको र डिएआई ग्लोबल यूकेले कार्यान्वयन गरिरहेको छ। नबिल बैंकले हाल २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend