जन आकाश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले धनगढीमा सन्देश सभा गरेको छ। शुक्रबारदेखि सुरू भएको प्रदेश स्तरीय सन्देश सभाको पहिलो कार्यक्रम सुदूरपश्चिमको धनगढीमा गरिएको हो।
कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु, सह(संयोजक) माधवकुमार नेपाल, भीम रावल लगायतका नेताहरू सहभागी छन्। कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकताको सन्देश दिन शुक्रबारदेखि सभा गर्न लागको हो।
सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु, सह(संयोजक) माधवकुमार नेपालसहित शीर्ष नेता र प्रदेश तहका नेताहरूले गर्नेछन्। लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ।
साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा हुनेछ। मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।
कात्तिक १९ यता ६ वटा पार्टी तथा त्यसका विद्रोही समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। भीम रावल, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू पनि नेकपामा समाहित भएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend