logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमा ३४ हजार एचआईभी संक्रमित, २३ प्रतिशत उपचारको दायराबाहिर


  • जन आकाश
  • मंगलबार, मंसिर १६ २०८२

काठमाडौं । सन् १९८१ मा अमेरिकाका इम्युनोलोजिस्ट डा माइकल गटलिब र उनको टोलीले रोग प्रतिरोधात्मक क्षमता ह्रास भएर अनौठो स्वास्थ्य समस्या भएका ५ जना बिरामी भेटे। डा माइकलको टोलीले अध्ययन गर्दा लस एन्जलसका उनीहरूमा दुर्लभ प्रकारको निमोनिया (निमोसिस्टिस कारिनी निमोनिया) देखिएको पाइयो। यस्तो निमोनिया सामान्यतया कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई मात्र लाग्छ। उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता बढाउने कोषहरू नै कम रहेको पाइयो।



अध्ययनका क्रममा उनीहरूमा दुर्लभ किसिमको क्यान्सर समेत देखियो। डा माइकलले यस्तो स्वास्थ्य समस्या कुनै सामान्य रोगका कारण नभई एउटा नयाँ प्रकारको भाइरसका कारण भएको पत्ता लगाए। माइकलले आफूले गरेको अध्ययन सन् १९८१ मा अमेरिकाको सेन्टर फर डिजिज कन्टेल एन्ड प्रिभेन्सन (सीडीसी) मा प्रकाशित गरे। यसलाई एड्स सम्बन्धी पहिलो वैज्ञानिक रिपोर्ट मानिन्छ। यस रिपोर्टपछि एड्स संसारभरका वैज्ञानिक, स्वास्थ्यकर्मीको चासोको विषय बनेको थियो।

उनको अध्ययनले चिकित्सा क्षेत्रलाई नयाँ स्वास्थ्य संकटबारे जानकारी दियो। जसले एचआईभी÷एड्स रोगबारे अनुसन्धानको थालनी गर्न र उपचार विधि विकास गर्न सहयोग पुर्‍यायो।

प्रारम्भमा यसलाई ‘समलैंगिक सम्बन्धी रोग’ भनिएको थियो। किनभने यो मुख्यतः समलिंगी पुरुषहरूमा देखिएको थियो। संक्रमण समलिंगी पुरुष बाहेक अन्यमा पनि देखिएपछि मात्र सन् १९८२ मा सीडीसीले एड्स (एक्वायर्ड इम्युनोडेफिसियन्सी सिन्ड्रोम) भनेर नाम दियो।सन् १९८३ मा फ्रान्सका वैज्ञानिक ल्युक मोन्तानियर र सन् १९८४ मा अमेरिकी वैज्ञानिक रबर्ट गालोले एड्सको रोग एउटा नयाँ भाइरस एचआईभी ह्युमन इम्युनोडिफिसियन्सी भाइरस) का कारण लाग्ने पत्ता लगाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend