logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मन्त्री उपस्थित नभएपछि स्थगित भयो मधेस प्रदेश सभा बैठक


  • जन आकाश
  • बुधबार, मंसिर १७ २०८२

काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।



उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्।मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ८ बजे बस्नेगरी प्रदेश सभा बैठक बोलाइएको थियो।

सर्वोच्च अदालतले सोमबार परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन भनेको थियो।
उनले विश्वासको मत नपाएको खण्डमा पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाउन सर्वोच्चले आदेश जारी गरेको छ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव पारित भइसकेको छ।

मुख्यमन्त्री यादवले दिउँसो २ बजेका लागि बैठक बोलाइदिन पत्र पठाएका थिए। तर साँझ बसेको सर्वदलीय बैठकमा बिहान साढे ८ बजे बैठक बोलाउने सहमति भएको थियो । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका दलका नेता सरोजलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

जसले मधेस प्रदेशको राजनीतिमा तरंग ल्याएको थियो।सरकारले उनलाई पदबाट बर्खास्त गरेर प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गरेको थियो ।
भने नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै मुख्यमन्त्री सरोजको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend