logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

जेनजी युवाहरुको सम्झौतामा हार : शाही


  • जन आकाश
  • शुक्रबार, मंसिर १९ २०८२

काठमाडौं– मंसिर २३ गते हुने वृहत प्रदर्शनमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्दबहादुर शाहीले सबैलाई आह्वान गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् ।



उनले उक्त सम्मेलनमा नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउँदै ‘२३ मंसिरमा सबैलाई भनेका छौँ, आयोजक राप्रपा हो । तर राप्रपाका मान्छे मात्रै हुँदैनौँ, राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोला ।’

जेनजी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उनको भनाइ छ । उनले भने, ‘जेनजी युवाहरूले सडकमा युद्ध जिते, सम्झौतामा युद्ध हारे ।

उनले जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताए ।

नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको उनले बताए ।

राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने माग राप्रपाको रहेको उनले बताए ।

उनले देशको संविधान, कानुन र ऐनमा कतै न कतै खराब रहेको बताए । राजा, जेनजी र राजनीतिक दलहरूले त्रिपक्षीय सम्झौता गर्न आह्वान गरे । माग पूरा नभए सडक आन्दोलन सुरु हुने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend