logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

भाटभटेनीले सञ्चालनमा ल्यायो विद्युतिय सवारी साधन


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । राष्ट्र र समाजको विकासको लागि अग्रणी भूमिका खेल्दै आएको भाटभाटेनी सुपरमार्केटले विद्युतिय सवारीलाई प्रथामिकता दिएको छ । उसले एमए बृद्धिसँगको सहकार्यमा उक्त योजना अगाडी बढएको थियो । एमए डब्लु बृद्धिको आधाकारिक बिक्रेता रहेको फोटोन मोटर्ससँग केही समय अगाडी सहकार्य गर्ने सहमती भएको थियो । उक्त सहमती अनुसरा फोटोनले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम १ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ।



एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालि अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतिय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यले उक्त सवारीसाधन हस्तान्तरण गरेको हो।

‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रममा दुवै संस्थाले वातावरणमैत्री यातायात प्रणाली र दिगो व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।

एमएडब्लू वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतिय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न सहयोग पुग्ने बताए। उनले १४ वटा सवारीसाधन हस्तान्तरण व्यवसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण भएको उल्लेख गरे।

त्यस्तै, भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकता दिँदै आएको बताए। फोटोनसँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने उनको विश्वास छ।

भाटभटेनीले आफ्ना ढुवानी तथा वितरण प्रणालीमा विद्युतिय सवारीसाधन समावेश गरेसँगै सञ्चालन खर्च घटाउनुका साथै वातावरणीय प्रभाव न्यूनीकरणमा पनि सहयोग पुग्ने कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend