जन आकाश
विश्वमा युद्ध, भोकमारी, डर, त्रास, बम र गोलीले लागेका मानिसको रोदन, पीडा, चिच्याहट संसारको लागि यतिवेला निक्कै भिमकाय बन्दै गएको छ । कुनैवेला, इराक, लिविया, सिरियाका देशहरुमा यस्ता हुने गर्दथे । यतिवेला इरान, इज¥याल, रसिया, युक्रेन, कुवेत, वराईन, दुवै, साउदी अरबीया जस्ता देशमा बम र बरुद्धको त्वालो लागेको छ । ति देशमा भईरहेका बम वर्षातले त्यहाका मानिसरुको अकालमा मृत्यु भईरेकहेको छ । ति देशका राष्ट्रभक्ति प्रति हाम्रो कुनै गुनासो छैन । त्यो युद्ध गर्ने देशहरुको लागि त प्रतिष्ठाको लडाई पनि होला ।
तर त्यस देशका सर्वसाधरणहरुको लागि अनाहकमा जीवन काहालीलाग्दो ढंगवाट एकैछिनमा यहलिला समाप्त भईरहदा र कतिपय बमको ज्वालामा दन्किएर जिउदै चिच्याउदै मर्नुपर्ने अवस्था आउदा कुनै साना साना नानीहरु चिच्याएको भिडियो सार्वजनिक हुदा त्यो पीडा सहेर मर्नेलाई कति दर्दनाक भयो होला त्यो जतिकै पीडा विश्वका यस्ता घटना हेरिरहेका मानिसलाई त्यो मनको दर्दले कति बिछुब्द बनाएको होला । मानवताको कल्याण चिताउने जाति मानिस नै हो । मानिसको उत्कट विचारले बनाएको गोली, बारुद्ध, बमले मानिसलाई मार्न किन प्रयोग गरिदैछ ।
एउटी आमाले आफ्नो सन्तान बचाउन कति कोसिस गर्छिन त्यतिकै सवै आमाहरुको पीडा त्यतिकै हुन्छ । कुनैको पनि धेरथोर भन्ने हुदैन । त्यस्तै मानिस पनि जहा जन्मेपनि उ मानिस हो । मानिसले सोच्ने भनेको गास, बास, कपास नै मानिसको पहिलो प्रथामिकता हो ।
यो मानिसहरुको गास, बास, कपास पुरा गर्न सवै देशका साशन चलाउने साशकहरुले काम गर्नुपर्ने हो । तर सम्पन्नशाली हुदै गएका देशहरुले कतिपय स्रोत साधन परिचालन गर्ने विषयमा विशेष गरेर तेल, इरोनियम, सुन, डाईमण्ड, पानी जस्ता महत्पूर्ण स्रोतहरु कस्ले सञ्चालन गर्ने र त्यसवाट आफ्नो अर्थतन्त्र संसारको सवैभन्दा बलियो बनाउने नीतिहरु लागु गर्न खोज्दा आजको विश्वमा तनावको स्थिति आएको छ । विशेष गरेर सवैभन्दा तनवाको स्थिति ईरान, इजराल, युक्रेनलाई छ । यि देशहरुमा एकजन होइन लाखौ मानिसले ज्यान युद्धका कारण ज्यान गुमाईसकेका छन् । युद्धले मानिसको ज्यान त गयो नै विश्वमा मानव जातिको लागि प्रश्न उठेको छ । मानवले नै बनाएको हात हत्तियार मानव विरुद्धनै प्रयोग भएर यस्तो भयावह स्थिति उत्पन्न गराउछ भने यस्ता हात हत्तियार उत्पादन गर्न दिने की नदिने ? अवको प्रश्न यहा पनि आउनुपर्छ ।
अर्को विषय समुन्द्रको होर्मुज नाकामा अवरोध हुदा विश्वमा तेलको मूल्य बृद्धि अभावका कारण स्रोत साधन कम भएका देशका नागरिकहरुमा समेत मुल्यबृद्धि भएर कयौले भोकमारीमा जिवन जिउन बाध्य हुदैछ ।
महगी बढेकै कारण फ्रान्स जस्तो शक्तिशाली राष्ट्र लगायत इरोपमा समेत विद्यार्थीले गरेको आन्दोलले देश जलेर खरानी भएको छ । नेपाल, बगला देश, श्रीलंका लगायतले त यस्तो घटना व्यहोरेर नयाँ युवा पुस्तालाई नै देशको साशन सत्ता सुम्पीसकेको छ ।
त्यसकारण विश्वमा बढ्दै गएको युद्ध त्यो पनि आर्थिक पक्षलाई प्रभावित पार्ने मानवीय क्षति पु¥याउने यस्ता युद्धहरुले विश्व मानव जगतलाई संकट निम्त्याउछन् । त्यसकारण मानवताको रक्षा गर्नु आजको विश्वका सवै नागरिकहरुको चेतमा एक रुपता आउनुपर्छ । त्यो इरान, युक्रेन, इजराल, यमन, रसियाका मानिस मात्रको समस्या होइन विश्व मानव जगतको प्रश्न हो । त्यसैले मानवताको रक्षा गर्न इरानमाथि भईरहेको दवावलाई कम गर्न संयुक्त राज्य अमेरिकाका आम नागरिकले पनि यो विषय बुझ्न सक्नुपर्छ । मानवताको रक्षा हाम्रो पनि दाईत्व हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend