logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- म नभागेको भए के गर्नुहुन्थ्यो ?


  • जन आकाश
  • बिहिबार, मंसिर २५ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति जनाएका छन् ।



बिहीबार राजधानीमा सम्पादकहरूसँगको सम्वादका क्रममा उनले यस्तो आपत्ति जनाएका हुन् । साथै, उनले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै भनेका छन्, ‘नभागेको भए के गर्नुहुन्थ्यो रु’

आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुन्डुमा सरेको ओलीको भनाइ छ । ‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ ओलीले भनेका छन्, ‘२ गते म गुन्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे ।’

उनले विमानस्थलमा गएर टिकट हेरे हुने पनि बताए ।‘आफ्नो घरमा नहुँदा अर्काको डेरामा हुँदा धाक लगाएर असहज त पारिदिन भएन नि,’ ओलीको भनाइ छ । साथै, आफू नभागेरै बसेको भए के गरिन्थ्यो रु भनेर प्रश्न गरे ।

‘नभाग्या भए के गर्थे त सुशीला जी वा अरुले के गर्नुहुन्थ्यो उहाँले रु हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ । तर पनि उहाँहरूकै मुखबाट सुनौं न त जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ ओलीले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend