logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टियागो इभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर सार्वजनिक


  • जन आकाश
  • बिहिबार, मंसिर २५ २०८२

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ।



समाजका लागि निरन्तर सेवा गर्ने स्वास्थ्यकर्मीलाई लक्षित यस योजनाले टियागो इभी किन्न इच्छुक ग्राहकलाई आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू उपलब्ध गराउनेछ।

योजनाअन्तर्गत मेडिकल समुदायका ग्राहकले लिटम्यान स्टेथोस्कोप सहित तीन प्रमुख उपहार विकल्पमध्ये कुनै एक छान्न पाउनेछन्। जसमध्ये जोडीका लागि बाली भ्रमण,आइफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट योजना छन्।

यससँगै योजनामा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डिसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, फ्री एस्सेसरीज र निःशुल्क होम चार्जर इन्स्टलेसन जस्ता थप सेवाहरू समावेश गरिएको छ।

मेडिकल पेशाको परिचय पत्र पेश गर्दा थप नगद छुट पनि प्रदान गरिने कम्पनीले जनाएको छ। सिप्रदीका अनुसार यी सुविधाले मेडिकल समुदायका ग्राहकलाई विद्युतीय सवारी किन्न अझ सहज, किफायती र भरपर्दो बनाउने विश्वास राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend