logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

र्खा–१ बाट चुनाव लड्दैछन् सुदन गुरुङ


  • जन आकाश
  • शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । गत साता आफ्नो जन्मभूमि गोरखा पुगेका ‘द काउन्सिल अफ जेनजी’ का अगुवा सुदन गुरुङ स्थानीयका कुरा सुनेर पोखरा हुँदै काठमाडौं फर्किए ।



सुदन गाउँको परिवेश बुझ्न र भेटघाट गर्न गोरखा पुगेका थिए । काठमाडौंबाट सीमित व्यक्ति लिएर त्यहाँ गएका उनले सुरुवातबाटै स्थानीयको साथ पाए । गोर्खा बजारमै जिल्लाका जेनजीहरूले उनलाई स्वागत गरेका थिए ।

उनी निकट व्यक्तिहरूका अनुसार सुदन आगामी चुनावमा वातावरण मिले गोर्खा–१ बाट लड्ने तयारी गरिरहेका छन् । सो क्षेत्रबाट गत चुनावमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले जितेका थिए ।

भ्रमणको गतिविधि हेर्दा र सँगै गएकाहरूको कुरा सुन्दा सुदनको पुख्र्यौली थलोमा पुनः जरा जोड्ने र स्थानीयसँगको भावनात्मक तथा राजनीतिक सम्बन्ध मजबुत पार्ने अभियानको एउटा हिस्साको रूपमा गोरखा यात्रालाई लिन सकिन्छ ।

उनले गाउँ पुगेर सबैभन्दा पहिला आफ्ना गाउँले चिनाए । गाउँका आफन्त र नातेदार छेउमा राखेर आफ्नो नागरिकतामा प्रश्न गर्नेहरूलाई जवाफ दिए । ‘केपी ओलीज्यू, महेश बस्नेतज्यू र सम्पूर्ण रूपमा देशविदेशमा रहनुभएका’ जन्मथलो पुगेपछि आफन्त गाउँलेलाई वरपर राखेर भिडियो सन्देश जारी गर्दै गुरुङले भने, ‘मलाई भारतीय, तिब्बती, अमेरिकन एजेन्टको आरोप लगाउने सबैलाई भन्न चाहन्छु– यो चाहिँ मेरो गाउँ हो । यो मेरो चुमनुब्री, यो मेरो परिवार, मेरो गाउँले र यो मेरो ठाउँ हो ।’

यसरी सबै गाउँले चिनाउँदै सुदनले थपे, ‘अबदेखि मेरो नागरिकतामा प्रश्न गर्नुअघि १० पटक सोच्नुहोला । नत्र यो गाउँ–समाज सबैले तपाईंहरूलाई गाली गर्छ ।’

गाउँ पुगेर आफ्नो नेपालीत्व माथि प्रश्न गर्ने हरेकलाई जवाफ दिएका सुदनले सँगसँगै अन्य राजनीतिक सन्देश पनि त्यहीँबाट छोडे, जसले उनी माहोल मिलेसम्म गोर्खा–१ बाट चुनाव लड्ने संकेत गर्छ।

सुदनको यो गाउँ भ्रमण चुनावी महत्वाकांक्षा जगाउने, स्थानीय समस्यामा प्रत्यक्ष जोडिने र विशेषगरी गुरुङ बस्तीहरूमा समर्थनको आधार विस्तार गर्ने रणनीति थियो ।

तीन दिने गोर्खा भ्रमणमा उनले स्थानीयसँग भलाकुसारी गरे । समस्या सुने । अनि, मिलेसम्म सम्बन्धित ठाउँबाटै काठमाडौंमा रहेका मन्त्रीहरूलाई फोन गरेर स्थानीयलाई आश्वस्त बनाए ।

भ्रमण टोलीकै एक सदस्यका अनुसार उनले गोर्खा बजारबाट औपचारिक भ्रमण थाले । गोर्खा दरबारमा पुगेर दर्शन गरे, जसमार्फत पृथ्वीनारायण शाहसँग जोडेर एकताको सन्देश दिन खोजेझैँ देखिन्थ्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend