जन आकाश
काठमाडौं । गरिमा विकास बैंकले ग्राहकको घरजग्गा आवश्यकतामा लक्षित गर्दै न्यूनतम ६.४९ प्रतिशत ब्याजदरमा ‘गरिमा आवास कर्जा’ योजना सार्वजनिक गरेको छ ।
बैंकका सबै शाखाबाट उपलब्ध यो योजनामा ग्राहकले धितो मूल्यांकनको अधिकतम ८० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्। बैंकले कर्जा प्रक्रियालाई छिटो र सहज बनाउन आवश्यक कागजात पूरा भएको ३ कार्य दिनभित्रै कर्जा स्वीकृत गरिने जनाएको छ।
यसले नयाँ घर किन्ने, घर निर्माण गर्ने तथा पुरानो घर मर्मत वा पुनर्निर्माण गर्न चाहने ग्राहकलाई सुविधाजनक विकल्प प्रदान गर्ने बैंकको भनाइ छ।योजनाको अर्को महत्त्वपूर्ण विशेषता भनेको अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइरहेका ग्राहकले पनि कर्जा सहज रूपमा गरिमा विकास बैंकमा सार्न सक्ने व्यवस्था हो ।
बैंकले आवास कर्जा क्षेत्रमा प्रतिस्पर्धी ब्याजदर, दीर्घकालीन (३० वर्षसम्म) भुक्तानी अवधि र छरितो सेवा प्रक्रियामार्फत ग्राहकमैत्री कर्जा प्रणाली विकसित गर्ने लक्ष्य राखेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend