logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ग्राहकलाई पान र इमेल अद्यावधिक गर्न एनआइसी एसिया बैंकको अनुरोध


  • जन आकाश
  • शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (पान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।



बैंकका अनुसार आयकर ऐन २०५८ बमोजिम कर विवरण (टिडिएस) मिलान गर्न पान अनिवार्य भएकाले ग्राहकले बैंकको पोर्टल पानअपडेटडटएनआइसीएसियाडटकम वा एनआइसी एसिया मोबैंक एपमार्फत सजिलै अद्यावधिक गर्न सक्नेछन्।

ग्राहकले नजिकैको शाखामा गएर पनि पान अद्यावधिकका लागि आवेदन दिन सक्छन्। पान अद्यावधिक भएपछि ब्याज कर कट्टीको विवरण स्वचालित रूपमा टिडिएस प्रणालीमा मिलान हुने भएकोले कर चुक्ता प्रमाणपत्र लिन सहज हुने बैंकले जनाएको छ। पान अद्यावधिक नहुँदा उत्पन्न हुने करसम्बन्धी जिम्मेवारीमा बैंक उत्तरदायी नहुने स्पष्ट गरिएको छ।

बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि छिटो अद्यावधिक गर्न आग्रह गरेको छ। मोबाइल बैंकिङ एपको ुमाइ प्रोफाइलुबाट वा नजिकैको शाखाबाट पनि ईमेल परिवर्तन गर्न सकिने व्यवस्था मिलाइएको छ।कुनै समस्या तथा कुरा नमिलेमा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend