logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एनएमबी बैंकको ‘इन्स्टा बाइ’ सेवा सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । एनएमबी बैंकले क्रेडिट कार्ड सेवालाई थप डिजिटल, सहज र ग्राहकमैत्री बनाउन ‘एनएमबी इन्स्टा बाइ’ सुविधा सुरू गरेको छ।यसमार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताले पाँच हजारभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआइ) मा बदल्न सक्नेछन्।



ग्राहकले आफ्नो खरिद बिल र पिओएस स्लिप १० दिनभित्र इएनएमबी मोबाइल एप वा बैंकको वेबसाइटमार्फत् ‘इन्स्टा बाइ’ पोर्टलमा अपलोड गरेपछि इएमआइ सुविधा सक्रिय हुन्छ। यस सेवामा न्युनतम शुल्क र ब्याजदर, अग्रिम भुक्तानीमा जरिवाना नलाग्ने व्यवस्था, र शाखा धाउन नपर्ने सुविधा उपलब्ध गरिएको बैंकले जनाएको छ।

स्वास्थ्य परीक्षण, यात्रा, चाडपर्व तथा जीवनशैलीसँग सम्बन्धित खर्च सहज रूपमा व्यवस्थापन गर्न ‘इन्स्टा बाइ’ उपयोगी हुने बैंकले जनाएको छ। एनएमबि बैंकले हाल देशभर दुई सय २ वटा शाखा, एक सय ८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत् सेवा प्रदान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend