logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

इसेवाको १३ औं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • सोमबार, मंसिर २९ २०८२

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१र८२ को वित्तीय विवरण पारित गर्दै ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) तथा १२ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय स्वीकृत गरेको छ।



साधारण सभाबाट सुबास शर्मा र सौगात केसी पुनः सञ्चालकमा निर्वाचित भएका छन्। त्यस्तै, चालु आर्थिक वर्ष २०८२र८३ का लागि पिकेएफ टी आर उपाध्याय एण्ड कम्पनी लेखापरीक्षक नियुक्त गरिएको छ। सभामा कम्पनीले आगामी दिनमा आइपिओ समेत जारी गर्ने योजना रहेको बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend