logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हस्पिटल मुनिको चुरोट पसल


  • जन आकाश
  • सोमबार, मंसिर २९ २०८२

मुकुन्द सिलवाल



स्वास्थ जस्तो ठूलो धन केही हुँदै होईन र ? छँदै छैन यो थाहा नभएको सायदै कोहि होलान् ! स्वास्थ्यमा समस्या देखिएपछि हामी अस्पताल , क्लिनिक वा डाक्टरकोमा पुग्ने गरेका हुन्छौं । प्राय अस्पताल जाँदा हामिले एक एक  जना साथमा लिएर जाने गरेक हुन्छौं ।

अस्पताल पुगेर डाक्टरले रोग पत्ता लगाउन सबभन्दा शुरुमा हाम्रो हिस्ट्री सोधपुछ गर्छन् । तपाईं जाँड रक्सि चुरोट सुर्ती खानुहुन्छ कि नाई ? यो डाक्टरको पहिलो प्रश्न हुन्छ । हामी पनि जे हो त्यही भनिदिन्छौं । अब उपचार प्रक्रिया अगाडी बढ्दै जान्छ । रोगको प्रकृति हेरेर अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउँछ ।

बिरामीलाई कसरी छिटो ठिक हुने भनेर छट्पटी भएको हुन्छ । बिरामी संगै गएको आफन्त डाक्टरले लेखिदिएको औषधि ल्याउन ब्यस्त हुन्छ । अस्पतालमा लाग्ने पैसा डिपोजिट गरेर सबै प्रक्रिया अगाडी बढेपछि आफुलाई छिटोभन्दा ठिक हुने आशामा बिरामी शान्त भएको हुन्छ ।

बिरामी शान्त भएपछि उ संगै गएको आफन्त लाई पनि राहत मिल्छ र चिया खान बाहिर निस्कन्छ । यसो यता उता हेर्छ ,अस्पतालकै भवनमा रहेको सानो चिया पसलमा पुग्छ र एक कप चिया माग्छ । अलि थकित मुद्रामा रहेको उसले केही खोजे जस्तो देखिन्छ । चिया पसले भाईले चियाको चुस्की लिँदै गरेको उसको मनो भावना बुझ्न खोज्छ ।

दाइ केही खोज्नु भएको हो र ? चिया को कप मुख बाट हटाउँदै खोजेको त हो खै यता होला जस्तो छैन । त्यस्तो यता नपाईने के होला र ? जे पनि पाईन्छ ।
उसले आफ्नो दुई औंला मुख तिर राख्दै चिया पसलको भाइ संग ईशारा गर्छ ।

बर्षौं देखि त्यही व्यापारमा निपुण त्यो भाईले ईशारा बुझिहाल्छ र त्यो दाईलाई अलि नजिक आउन ईशारा गर्छ । उ नजिकै आएपछि भन्छ, तपाईले खोजेको कुरा पनि पाईन्छ तर सुटुक्क दाईले सोध्छन् कति पर्छ १ वटाको रु २५ पर्छ ।

दाईले गोजिबाट ५० को नोट खुसुक्क झिकेर दिन्छन् र २ वटा लिन्छन् । त्यो पसले भाइ अलि बाठो हुँदै भनिहाल्छ ,दाइ यता नजिक चै हुन्न नि , धुवाँ उडेको सिसि क्यामराले खिचिरहेको हुन्छ ,हामीलाई अफ्ठ्यारो पर्छ । अलि पर गएर है ।

त्यो दाइ अलि पर गएर बडो आनन्दको साथ सबै पीडा दुःख भुले झैं गरेर मज्जाले धुवाँ उडाउँदै बस्छन् । चिया र चुरोटको मज्जा लिईसके पछि ती दाइ भित्र बिरामी भएको ठाउँमा जान्छन् ।

बिरामिलाई डाक्टरले काउन्सिलिङ गरि रहेका हुन्छन् । तपाइले नियमितरूपमा चुरोट पिउनुभएको कारण फोक्सोमा असर गरेको छ । अझ मादक पदार्थको सेवन पनि गर्नु हुँदोरहेछ , कलेजोमा पनि समस्या देखिएको छ ।धन्न समयमै अस्पताल आईपुग्नु भयो , नभए जे पनि हुन सक्थ्यो ।

डाक्टरले पुरै क्षमता लगाएर बिरामिलाई आफुतिर प्रभावित पार्न खोजी रहेका थिए । छेउमा बसेको बिरामीको आफन्त निराश र मौन मुद्रामा डाक्टरलाई ध्यान दिएर सुनिरहेका थिए । भित्र डाक्टर चुरोट खानु हुँदैन भन्ने ,चुरोटको कारण  ज्यानै जान सक्छ भन्ने अनि अस्पतालको गेटमा चुरोट बेच्ने !
ती दाइ मन मनै सोच्छन् ,यी दुबै पुराका पूरा व्यापारिक पोलिसी हो । फेरि सोच्छन् हैन डाक्टरले भनेको कुरा  ठिकै त हो ,यो मदिरा र चुरोट ले फाईदा त गर्दैन तर पनि किन खान्छौं हँ ?

अनि औषधि पसलको छेउमा रहेको चुरोट पसललाई चैं कसरी बुझ्ने होला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend