जन आकाश
काठमाडौं । गायिका ज्योति मगर नेकपा एमालेको ११ औं महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डप पुगेकी छन्। महाधिवेशनमा उम्मेदवार रहेका नेताहरूलाई मत माग्न र चुनावी प्रचारका लागि उनी मंगलबार बिहान भृकुटीमण्डप पुगेकी हुन्।
गायिका मगरले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका पूर्णबहादुर गुरूङ र किरण गुरूङ लगायतको पक्षमा महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेकी छन्। उम्मेदवारको फोटो हातमा लिँदै उनले मत मागेकी छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend