logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सिद्धार्थ बैंकका ग्राहकलाई सोल्टी होटलमा २० प्रतिशतसम्म छुट


  • जन आकाश
  • मंगलबार, पुष १ २०८२

काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटल्स् एन्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाइड पोखरा, टाइगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थलको होराइजन लाउन्ज तथा आन्तरिक विमानस्थलको होराइजन क्याफेमा बैंकका ग्राहकले छुट पाउनेछन्।



बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट र प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताले ग्राहकलाई सेवा शुल्कमा राहत दिनुका साथै नगद कारोबारभन्दा डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend