logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिवाइडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो


  • जन आकाश
  • मंगलबार, पुष १ २०८२

काठमाडौं । चिनियाँ कम्पनी बिवाइडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ। यो सँगै बिवाइडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक इभीबन्न सफल भएको छ।नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ।



बिवाइडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ, सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन बनेकामा हामीलाई निकै खुसी लागेको छ, हामी इभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छौँ, कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार बिवाइडीले २०२६ का लागि नयाँ संस्करणको डल्फिन परीक्षण सुरू गरिसकेको छ । जुन हाल चीनमा विकास परीक्षणको चरणमा देखिएको छ ।प्रारम्भिक रिपोर्टहरूका अनुसार डिजाइन र ड्राइभिङमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ । विश्वव्यापी रुपमा मात्रै बिवाइडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीको भनाइ छ ।

साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो । डल्फिन नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमा पहिलो स्थानमा छ । हाल नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन गुडिरहेका कम्पनीको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend