logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुरू भयो एमालेको मतगणना


  • जन आकाश
  • बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशन अन्तर्गत मतगणना सुरू भएको छ। बिहान सवा ७ बजे मतदान सकिएकोमा मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि १० बज्नै लाग्दा मतगणना सुरू गरिएको हो।



एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सकिन साढे दुईदेखि तीन घन्टा लाग्ने जानकारी दिए। उनका अनुसार मतगणनाका लागि ८० वटै भोटिङ मेसिनबाट चिप्स संकलन भइसकेको छ। अब केही कानुनी प्रक्रिया पूरा गरेपछि प्रत्येक चिप्सबाट तथ्यांक निकालेर एकीकृत गरिन्छ।

त्यसपछि सबै चिप्सको तथ्यांक जोडेर एकैपटक नतिजा सार्वजनिक गरिनेछ, उनले भने, १९ जना पदाधिकारी, ३०१ सदस्यीय केन्द्रीय कमिटी सबैको परिणाम एकैचोटि आउँछ।जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्। ५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,। यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend