logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एनएमबि बैंकको अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु


  • जन आकाश
  • बिहिबार, पुष ३ २०८२

काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत व्यक्तिगत तथा साना मझौला कर्जाका लागि आवेदन दिएका ग्राहकले वास्तविक समयमा आफ्नो कर्जा प्रक्रियाको अवस्था थाहा पाउन सक्नेछन् ।



कर्जाका लागि आवश्यक कागजात बुझाएपछि बैंकले प्रदान गर्ने ‘ट्र्याकिङ नम्बर’ प्रयोग गरी ग्राहकले बैंकको वेबसाइटको डिजिटल बैङ्किङ खण्डमा गई अनलाइन कर्जा ट्र्याकिङमार्फत आवेदनको प्रगति हेर्न सक्नेछन् । यसले शाखा धाउनुपर्ने वा फोन गर्नुपर्ने झन्झट हटाउने बैंकको विश्वास छ ।

बैंकका अनुसार यो सुविधाले कर्जा प्रक्रियामा सहजता र पारदर्शिता बढाउनेछ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend