जन आकाश
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१(८२) को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend