जन आकाश
काठमाडौं । नेपालमा जीकर सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि.ले लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित जीकर एक्स नाउ ओर नेभरु अफर सार्वजनिक गरेको छ।
क्रिसमस तथा नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको यो विशेष प्रिमियम अफरले नेपालकै सबैभन्दा अत्याधुनिक पूर्ण–इलेक्ट्रिक प्रिमियम एसयुभी लिन चाहने ग्राहकहरूका लागि आकर्षक अवसर प्रदान गर्ने भएको छ।
देश दिगो र लक्जरी मोबिलिटीतर्फ अघि बढ्दै गर्दा, पायोनियर मोटो कर्पले सीमित अवधिका लागि आकर्षक मूल्य लाभसहित यो उत्सव अफर प्रस्तुत गरेकोहो।यस अफर अन्तर्गत यो प्रिमियम लक्जरी इलेक्ट्रिक एसयुभी अब नियमित मूल्य ८४ लाख ९९ हजार रूपैयाँबाट घटेर विशेष फेस्टिभ मूल्य ६४ लाख ९९ हजार रूपैयाँमा उपलब्ध रहने छ।
यसले भोल्भोइएक्स ३० सँग साझा गरिएको अत्याधुनिक गिली एसइए२ प्लेटफर्ममा निर्माण गरिएको सवारी साधन आफ्नो बनाउने आकर्षक अवसर प्रदान गर्दछ।गिलीको नवीनतम प्रविधि र नवप्रवर्तनमा आधारित जीकर एक्सले २०० किलोवाटक्षमताको उच्च प्रदर्शन मोटरमार्फत ३४३ नुतनमिटर टर्क उत्पादन गर्छ र केवल ५.६ सेकेन्डमै ०–१०० किलोमिटर प्रति घण्टाको गति हासिल गर्ने क्षमता राख्छ।
स्वीडेनको गोथेनबर्गस्थित जीकर ग्लोबल डिजाइन सेन्टरमा डिजाइन गरिएको जीकर एक्सले मिनिमलिस्ट डिजाइन, फ्रेमलेस ढोका र १४.६ इन्चको स्लाइड हुनेकेन्द्रीय स्क्रिनसहितको लक्जरी इन्टेरियर प्रस्तुत गर्छ।
१३ स्पिकरको यामाहासराउण्ड साउण्ड सिस्टमले यसको प्रिमियम अनुभवलाई अझ उचाइमा पुर्याउँछ।सुरक्षालाई पनि जीकर एक्समा उच्च प्राथमिकता दिइएको छ, जसले युरोएनसिएपी र ग्लोबल एनसीएपी दुवैबाट ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।
७ वटा एयरब्याग र लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) सहित यो एसयुभी सुरक्षा दृष्टिले पनि अग्रणी छ।नेपाली सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको जीकर एक्समा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाट आओर क्षमताको बलियो ब्याट्री दिइएको छ जसले डब्लुएलटिपी मापदण्ड अनुसार ४४० किलोमिटर सम्मकोरेन्ज प्रदान गर्छ।
पायोनियर मोटो कर्पद्वारा प्रस्तुत यो सीमित अवधिको उत्सवअफर समझदार ग्राहकहरूका लागि विश्वस्तरीय इलेक्ट्रिक मोबिलिटी आकर्षकमूल्यमा अनुभव गर्ने नाउ ओर नेभरु अवसर हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend