जन आकाश
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनीले ३०प्रतशितका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।
लाभांश पारित गर्न कम्पनीले पुस ३० गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ।
बुक क्लोजको आधारमा पुस १७ गतेसम्मका कायम कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend